Logo

आईसीसी विश्वकप क्रिकेट : इंग्ल्याण्डको विजयी सुरुवात



Spread the love

१७ जेठ, काठमाडाैँ – इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो ।

द ओभल मैदानमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको फराकिलो लक्ष्य पछाएको दक्षिण अफ्रीका ३९ ओभर ५ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उसका डी ककले ६८ रन जोड्दा डुसेनले ५० रनको योगदान गरे ।

यस्तै एडिले लक्कीले २४ तथा हसिम अमलाले १३ रन जोडे । अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै लियाम पुल्न्केट र बेन स्टोक्सले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउंदै ३ सय ११ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्