Logo

संसदद्वारा यूक्रेनी प्रधानमन्त्रीको राजीनामा अस्वीकृत



Spread the love

१७ जेठ, काठमाडाैँ – यूक्रेनी संसदमा पेश भएको प्रधानमन्त्रीको राजीनामा अत्यधिक बहुमतबाट अस्वीकृत भएको छ ।

प्रधानमन्त्री भोलोदिमिर ग्रोयसम्यानले आफूले संसदीय निर्वाचनको तयारीका लागि भन्दै गत मे २० मा पेश गरेको राजीनामा पत्रमाथि बिहीबार भएको मतदानमा जम्मा ९७ सांसदको समर्थन देखिएको छ । अर्थात् ९७ जनाले राजीनामाको पक्षमा मतदान गरेका छन् ।

“यो सङ्ख्या संसदमा राजीनामा स्वीकृत हुनका लागि आवश्यक पर्ने न्यूनतम सङ्ख्या २२६ मतभन्दा निकै कम देखिएको छ,” यूक्रेनी संसदको वेबसाइटमा उल्लेख गरिएको छ ।

स्थानीय विज्ञहरूका अनुसार संसदको निर्णयले ग्रोयसम्यान र उनको मन्त्रीपरिषद्ले आगामी जुलाई २१ मा हुने संसदीय निर्वाचनको जिम्मेवारी सम्पन्न नगरून्जेल पदमा रहेर कार्यभार सम्हाल्नुपर्नेछ ।

प्रधानमन्त्री ग्रोयसम्यानले सन् २०१६ को अप्रिल १४ मा कार्यभार सम्हालेका थिए ।

ग्रोयसम्यान आफ्नो कार्यकालमा वृहद आर्थिक स्थायित्व कायम गरेको, व्यवसायिक वातावरण सामाजिक समृद्धिका लागि सुधारका काम गरेको, मुलुकको समग्र सडक संरचना निर्माण, सेनाको आधुनिकीकरण तथा स्वास्थय सेवा, शिक्षा र विकेन्द्रीकरणजस्ता सुधारका कामसहित निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्