Logo

संविधानसभा पदक ३० प्रतिशतभन्दा बढीले लिएनन्



Spread the love

१७ जेठ, काठमाडौ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाका सदस्यहरुलाई संविधानसभा पदक र प्रमाणपत्र प्रदान गर्नुुभएको छ । १२ औं गणतन्त्र दिवसको अवसरमा उहाँले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा उक्त पदकबाट विभूषित गर्नुभएको हो ।

गृह सचिव प्रेमकुमार राईका अनुसार ७ सय १४ जना सभासद्ले विभूषण तथा प्रमाणपत्र लिएका छन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

२०६४ साल र २०७० सालमा भएका संविधानसभाका सांसदहरुलाई वितरण गरिएकोे पदक लिनका लागि २ चरणमा गरी समय छुट्याइएको थियो । विभूषण तथा बैठक समारोह शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन गृह मन्त्रालयले अघिल्लो बुधबार नै सूचना जारी गरेको थियो ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्तले पदक पाउनेको संख्या ११ सय ०९ रहे पनि धेरै सभासद् उपस्थित नभएको जानकारी दिनुभयो । उहाँले ९० जना दोहोरिएका सभासद् रहेको बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्