Logo

उम्मेदवार छान्दै एमाले



Spread the love

aamale

स्थानीय तहको निर्वाचन नजिकिए पनि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पार्टीबाट उम्मेदवारका लागि आकांक्षी धेरै भएपछि उम्मेदवार टुंग्याउन गाह्रो भएको हो । यद्यपि, पार्टीले केही स्थानमा भने उम्मेदवारको टुंगो लगाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

पाेखरा
लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि एमालेले उम्मेदवार निर्वाचन प्रक्रियामार्फत छनोट गरेको छ । आकांक्षी धेरै भएको र कसैले पनि नाम फिर्ता नलिएपछि निर्वाचनमार्फत कास्की एमालेले महानगरनको मेयरका लागि एक महिलासहित तीन र उपमेयरका लागि तीनजनाको नाम छनोट गरेको हो । आकांक्षीहरूले नगर समितिमा मेयरका लागि १० र उपमेरका लागि आठजनाले आप्mनो उम्मेदवारी प्रस्तुत गरेको भए पनि निर्वाचनमा भने मेयरका लागि सात र उपमेयरकमाा सातजना भिडेका थिए ।

जसमध्ये मेयरका लागि वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसीले सर्वाधिक २ सय ४६ मत ल्याए भने जिल्ला अध्यक्ष कृष्ण थापा २ सय २१ मत ल्याए । यसै गरी, महिलाबाट मित्रकुमारी सुवेदी निविरोध भइन् । मेयरका लागि केन्द्रले अनिवार्य १ महिला सहित ३ जनाको नाम सिफरिस गर्न परिपत्र गरे बमोजिम धेरै मत ल्याउनेमध्येबाट तीनजनाको नाम सिफारिस गरिएको निर्वाचन कमिटीका अध्यक्ष टीकाराम पंगेनीले जानकारी दिए ।

मेयरमा उम्मेदवारी दिएका सातजनामध्ये श्रीनाथ बरालले १ सय १७, राजीव पहारीले ८५, पुप्पज्योति ढुंगानाले २०, नारायणप्रसाद बास्तोलाले १५ र मदनकाजी श्रेष्ठले १३ मत ल्याएका थिए । यसै गरी, उपमेयरमा सर्वाधिक मत ल्याउने प्रभा कोइराला २ सय ७५, मञ्जु गुरुङ २ सय ११ र देवका पहारीले १ सय ५६ मत पाएर छनोट भएका छन् । उपमेयरमा उम्मेदवारी दिएकी मिना गुरुङ (११) ले १ सय ३४, उमा परियारले १ सय १९, मिना गुरुङ (१६) ले १ सय ३ र छलिकुमारी कुँवर सुवेदीले ६२ मत ल्याइन् । पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीमा रहेका ४ सय ५७ जना मतदातामध्ये निर्वाचनमा ३ सय ९९ जनाले मतदान गरेका थिए ।

रुकुम
नेकपा एमाले रुकुमले स्थानीय चुनावका लागि जिल्लाका सबै ९ वटै स्थानीय तहबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको टुंगो लगाएको छ । जिल्ला कमिटीले गरेको निर्णयलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि तीन नगरपालिका, ६ गाउँपालिकाको प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको टुंगो लागेको नेकपा एमालेका जिल्ला सचिव हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार नौ स्थानीय तहमध्ये एउटामा महिला र अन्य आठवटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा पुरुषलाई अघि सारिएको छ ।

उसले मुसिकोट नगरपालिकामा विमलकुमार पुनलाई प्रमुख, केशरी गौतमलाई उपप्रमुख, चौरजहारी नगरपालिकामा शेरबहादुर केसीलाई प्रमुख, कल्याणी खड्कालाई उपप्रमुख र आठबिसकोट नगरपालिकामा हरिप्रसाद शर्मालाई प्रमुख, भगवती शाहीलाई उपप्रमुखमा अघि सार्ने निर्णय गरेको छ । यसै गरी, पुथाउत्तरगंगा गाउँपालिकामा भिउमान घर्ती अध्यक्ष, सीता घताने उपाध्यक्ष, भूमे गाउँपालिकामा आशा स्वर्णकार अध्यक्ष कमानसिङ डाँगी उपाध्यक्ष, सिस्ने गाउँपालिकामा नन्दलाल शर्मा अध्यक्ष, नुमेन्द्रा खड्का उपाध्यक्ष, बाँफीकोट गाउँपालिकामा विद्यापति रिजाल अध्यक्ष, व्युझना पुन उपाध्यक्ष, त्रिवेणी गाउँपालिकामा गणेश खड्का अध्यक्ष, कल्पना ओली उपाध्यक्ष र सानीभेरी गाउँपालिकामा मनवीर घर्ती अध्यक्ष तथा लक्ष्मी घर्ती उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

कैलाली
एमाले कैलालीले जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखसहित एक सय २६ वटै वडाका अध्यक्षको नाम टुंगो लगाएको छ । त्यस्तै, अधिकांश वडाका सदस्यको नाम पनि टुंगो लागेको छ ।

शुक्रवार जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षता र वैकल्पिक केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज झपट रावलको प्रमुख आतिथ्यतामा बसेको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । बैठकले धनगढी उपमहानगरपालिकासहित ६ नगरपालिका र ६ गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम प्रदेश सङ्गठन कमिटीलाई पठाएको छ । उपमहानगर र नगरपालिकामा विकल्पसहितका नाम पठाइए पनि गाउँपालिकामा भने एक प्रमुख र उपप्रमुखको नाम मात्र पठाइएको छ ।

प्रदेश कमिटीले कैलालीका १२ सहित सात नम्बर प्रदेशमा ८७ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उम्मेदवारीमाथि निर्णय गर्ने बताइएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम भने केन्द्रीय कमिटीलाई पठाइनेछ । प्रदेश कमिटीको बैठक केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा शनिवार धनगढीमा सुरु भएको छ । पार्टीले जानकी गाउँपालिकाको अध्यक्षमा जगत चौधरी र उपाध्यक्षमा गङ्गा थापालाई उठाएको छ । त्यस्तै, बर्दगोरिया गाउँपालिकाको अध्यक्षममा कर्णबहादुर कुँवर, उपाध्यक्षमा सावित्री सापकोटा, जोशीपुर गाउँपालिकाको अध्यक्षमा पे्रमलाल चौधरी, उपाध्यक्षमा गोमा आचार्य, कैलारी गाउँपालिका प्रमुखमा रामप्रसाद चौधरी र उपाध्यक्षमा झुमा चौधरी, मोहन्याल गाउँपाकिा प्रमुखमा नवलसिंह रावल र उपाध्यक्षमा पूजा बुढा, चुरे गाउँपालिका प्रमुखमा धनबहादुर रोकामगर र उपाध्यक्षमा दीपकदेवी साउदलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्