Logo

क्रिकेट रंगशालाको पर्खालमा डोजर लगाउने १८ विरुद्ध मुद्दा



Spread the love

१७ जेठ, काठमाडौ।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ परेका १८ जनाविरुद्ध मुद्दा चलाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार मुख्य आरोपित प्रकाश कँडेलसहित उनीहरूविरुद्ध मुद्दा चलाएको हो । मुद्दा चलाइएका सबै वडा नम्बर १६ का बासिन्दा हुन् । जसमा पाँचजना महिला छन् ।

मुद्दा चलाइएकामा तुलसी गुरुङ, देव तामाङ, राजन सापकोटा, सञ्जु गुरुङ, भैरव बस्ताकोटी, सुरेन्द्र विक, कृष्ण कँडेल, दीपक आचार्य, राजु सापकोटा, देव गुरुङ, विपीन भट्टराई, धुव्र चापागाईं , पारू परियार, यशोदा पौडेल, कोपिला सापकोटा, ईश्वरी माया तामाङ र मञ्जु चापागाईं छन् ।

प्रतिक्रिया दिनुहोस्