Logo

ओलीलाई विद्यावारिधि क्रिस्चियन धर्म प्रचारकबाट



Spread the love

१७ जेठ, काठमाडौ।
प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

काङ्नामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’ (स्पेसल निड्स एजुकेस/एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो ।

काङ्नामले एसएनई विषय पठनपाठनका निम्ति सहकार्य गर्ने गरी डेढ दशकअभि त्रिविसित समझदारी (एमओयू) गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्