Logo

गौतम बुद्ध विमानस्थलको सञ्चालन विदेशीलाई दिइने



Spread the love

१७ जेठ, काठमाडौ।
सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन जिम्मा विदेशीलाई दिने भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विमास्थलको दिगो र व्यावसायिक सञ्चालनका लागि सरकार–सरकार सम्झौता गरी जिम्मा दिने बताएका हुन् । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले आह्वान गर्नेछ र इच्छुक देशले आवेदन दिनेछन् । जसको आकर्षक प्रस्ताव आउँछ, उही देशलाई सञ्चालनको जिम्मा दिइनेछ ।’

हालसम्म देशभरका सबै विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्दै आएको छ । तर, गौतम बुद्ध विमानस्थल भने चुस्त व्यवस्थापन गरी व्यावसायिक सञ्चालन गर्ने भन्दै विदेशीलाई दिने निर्णय भएको मन्त्री बाँस्कोटाले बताए । विमानस्थलबाट नाफा, सुरक्षा, प्रतिफल र व्यवस्थापनको विश्लेषण गरी प्रतिस्पर्धात्मक बनाउन यस्तो अभ्यास पहिलोपटक थालिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्