Logo

नक्कली नेपाली नोटसहित पक्राउ



Spread the love

 

१७ जेठ, बारा । प्रहरीले बारामा नक्कली नेपाली नोटसहित एकजनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–९ बस्ने शिवदयाल महतो रहेका छन् । अस्थायी प्रहरी पोष्ट झुरझुरेबाट खटिएको प्रहरीले तामागढीबाट रौतहट बिजयपुरतर्फ जाँदै गरेको ना.९ प ५४५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोको साथबाट एक हजार दरको १० थान नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो ।

साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्