Logo

यो सिजन पीएसजीसँगको यात्रा नेयमारको लागि रहेन सुखद



Spread the love

१७ जेठ, काठमाडौं ।पछिल्लो केहि साता विश्वका सर्वाधिक महँगा खेलाडीको खेल यात्रा सुखद रहन सकेन ।यो साता ब्राजिलको प्रशिक्षणमा युवा खेलाडी वेभरटनले नेयमारलाई नटमेग गरेपछि नेयमारले दिएको अभिव्यक्तिले सामाजिक संजालमा हंगामा मचाईरहेको छ ।

नेयमार ब्राजिलको प्रशिक्षणमा सामेल भएको केहि दिनमै १९ वर्षीय वेभरटनलाई नेयमारले तानेर मैदानमा लडाएका थिए । उनि प्रशिक्षणमा आउँदा ११.५ मिलियन पाउण्ड मुल्यको हेलिकप्टर चढेर आएका थिए । उनको यस्तै व्यवहारले आजित भएपछि प्रशिक्षक टिटेले राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी डिफेन्डर ड्यानी आल्भेसलाई दिएका हुन् ।

यो सिजन नेयमारका लागि पीएसजी यात्रा सुखद रहन सकेन । उनलाई फ्रान्सेली फुटबलले ३ खेलको लागि प्रतिबन्ध लगायो । विश्व कीर्तिमानी मुल्यमा दुई वर्षअघि मात्रै पीएसजी आएका नेयमारको भविष्यमाथि अहिले प्रश्नचिन्ह खडा भएको छ ।

यो सबका बाबजुद पनि ब्राजिलका लागि नेयमार मुख्य खेलाडी हुन् । उनले खेलमा मात्र ध्यान दिए उनी विश्वकै उत्कृष्टमध्य एक खेलाडी हुन् तर उनले मैदानमा रहँदा देखाउने अनावश्यक गतिबिधिले भने समर्थकहरु रुष्ट हुने गरेका छन् । ब्राजिलको जर्सी लगाउने नेयमारले अर्को सिजन कुन क्लबको जर्सी लगाउनेछन् त्यो त समयले नै बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्