Logo

मेन रोडमा रहेको दुई वटा पसलमा चोरी



Spread the love

१७ जेठ, राजविराज ।
राजविराजको मेन रोडमा रहेको दुई वटा  पसलमा चोरी भएको छ ।

साँझदेखि वर्षासँगै चलेको हावाहुरीका कारण छिट्टै पसल बन्द गरेर पसलेहरु घर गएका बेला बाजारका दुई वटा पसलमा चोरी भएको हो ।
राजविराज ७ स्थित लक्ष्मी इलेक्ट्रोनिक्स पसलबाट नगद सहित २ लाख ६० हजार रुपैयाँको सरसमान चोरी भएको लक्ष्मी इलेक्ट्रोनिक्सका संचालक बेचु दासले बताएको छ । साथै सोही पसल संग टासिएको पुजा पान भण्डारबाट ५० हजार बराबरको चोरी भएको संचालक रविन्द्र चौरसियाले बताए । चोरले चौरसियाकै पसल फुटाएर पहिला उनको पसलमा चोरी गरेको र त्यसपछि भित्रि भित्ता फुटाएर दासको पसलमा चोरी गरेको पाइएको डिएसपी भावेश रिमालले बताए ।

उक्त घटनाको आधारमा आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी रिमालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्