Logo

बर्दिबासमा घूससहित वडा सदस्य पक्राउ



Spread the love

१७ जेठ, गौशाला l महोतरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घुससहित एक जना वडा सदस्यलाई पक्राउ गरेको छ l पक्राउ पर्नेमा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय रहेका छन् l

उक्त वडा सदस्यलाई ठेकेदारसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापाका अनुसार सोही गाउँपालिका–४ मा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा यादवले ठेकेदारलाई घुस माग्दै निर्माणमा अवरोध गरे पश्चात् ठेकेदारले ३६ हजार घुस दिने भएपछि वडा सदस्यले निर्माण गराउन मानेको बताइएको छ ।

उनले सो घुस रकम आफ्नो गाउँपालिकाको क्षेत्रभित्र नलिएर जलेश्वर नगरपालिका–१ स्थित शलहेश चोकमा रहेको सनी किराना पसलमा लिने भनेपछि अख्तियारको टोलीले सोही ठाउँबाट वडा सदस्यलाई पक्राउ गरेको हो । पक्राउ परेका वडा सदस्य यादवलाई आयोगको बर्दिबासको टोलीले आवश्यक कारवाहीका लागि चौकी लगेको छ ।

प्रतिक्रिया दिनुहोस्