Logo

‘रुबी रोमन’ नामक अङ्गुर जसको मूल्य सुन्दा सात्तै जाने



Spread the love

सामान्यतया अङ्गुर भन्नाले एक किसिमको फल हो l जसको मूल्य कमै पर्दछ l तर जापानमा पाइने एक गुच्छा अङ्गुर जसको मूल्य सुन्दा अचम्म नै लाग्दछ l

त्यस अङ्गुरको मूल्य ८ हजार २ सय अमेरिकन डलर अर्थात् ८ लाख २० हजार रुपैयाँभन्दा बढी पर्दछ l उक्त अङ्गुरको एकदानाको नै ३१५ अमेरिकन डलर अर्थात् ३१ हजार ५ सय पर्ने पर्दछ । सोही अङ्गुरले अहिलेसम्म कै महँगो अङ्गुर भनेर रेकर्ड नै राखी सकेको छ ।

रेकर्ड राख्ने यस अङ्गुरको गुच्छाको नाम ‘रुबी रोमन’ हो । प्रत्येक अङ्गुरको दानाको तौल कम्तीमा पनि २० ग्राम रहेको र यस्ता महँगा फलफुलहरू जापानमा मानिसहरूले उपहारको रूपमा दिने गरेको लोकल वोर्ड अफ एग्रीकल्चरले जनाएका छन् l

प्रतिक्रिया दिनुहोस्