Logo

सर्वाेच्चद्वारा घुस मुद्दा चल्दै गरेको न्यायाधीशलाई उच्च अदालतमा नियुक्ति गर्नुको कारण माग



Spread the love

१८ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले घुस खाएको आरोप लागेका न्यायाधीश लेखनाथ ढकाललाई उच्च अदालतमा नियुक्ति गर्नुका आधार र कारण न्यायापरिषद्सँग माग गरेको छ । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाबाट शुक्रबार ढकाल नियुक्तिको निर्णय झिकाउने आदेश भएको हो ।

न्यायाधीश ढकाल उच्च अदालत जनकपुरको राजविराज इजालसमा कार्यरत छन् । ०७२ मा नाकाबन्दीका बेला इन्धन कालोबजारी गर्ने चार अभियुक्तको मुद्दामा आर्थिक चलखेल गरेको अभियोगमा दायर मुद्दामा घुस खाएको भन्दै ढकालमाथि सर्वोच्चमा रिट दायर भएको छ ।

काभ्रे जिल्ला अदालतमा न्यायाधीश रहँदा ढकालले आफू र घनश्याम खत्रीसँग घुस लिएको भन्दै व्यापारी उमेश बानियाँले गत ७ जेठमा सर्वोच्चमा रिट दायर गरेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्