Logo

चलचित्र ‘पर्व’को ट्रेलर रिलिज (भिडियो)



Spread the love

जेठ १२ लाई प्रदर्शन मिति तय गरेको फिल्म पर्वको ट्रेलर रिलिज भएको छ । नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको लिड रोल रहेको फिल्म ‘पर्व’ को अफिसियल ट्रेलर रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्ट र टिभी फिल्मीले ‘पर्व’ को ट्रेलरसँगै मोसन पोस्टर पनि सार्वजनिक गरेको हो ।

2017-04-23-2

ट्रेलरले फिल्म सस्पेन्स क्राईम थ्रिलर जनरामा रहेको प्रष्ट्याएको छ । दिनेश राउत निर्देशित फिल्ममा कोशिश क्षेत्री र नम्रता श्रेष्ठ लिड अभिनयमा छन् ।

parva-namrata-shrestha-and-koshish-chhetri

जेबिका कार्की र माला लिम्बु पनि लिड अभिनयमा रहेको फिल्मलाई सुवास ईन्टरटेन्मेन्ट र टिभी फिल्मीले संयुक्त ब्यानरमा तयार गरेको हो । निकिता पौड्याल र सुबास गिरी निर्माता छन् । विकास सुवेदी एशोसिएट निर्देशक हुन् । यसअघि सार्वजनिक काले दाई बोलको गीतले नै फिल्मलाई चर्चामा ल्याईसकेको छ ।

हेर्नुहोस ट्रेलर:

 

प्रतिक्रिया दिनुहोस्