Logo

रासस र कान्तिपुरकर्मी सम्मानित



Spread the love

१८ जेठ, काठमाडाैँ – अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा स्थापित ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ रासस गण्डकी प्रदेशका समाचारदाता वासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्तरूपमा प्रदान गरिएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमबाट विशेष भूमिका निर्वाह गरेबापत रु २५ हजार राशिको सो पुरस्कारकारसहित सम्मानपत्र नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले शुक्रबार पत्रकारद्वय पौडेल र परियारलाई प्रदान गरेका थिए ।

घान्द्रुकमा आयोजित दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव शुभारम्भका हिमाल, पहाड र तराईबीच समन्वय हुन सके समग्र नेपालको पर्यटन उद्योग फष्टाउने बताए । उनले प्राकृतिक सुन्दरताको यो देशमा अझै भारतीय पर्यटक र चिनियाँ पर्यटक बढाउन सके आर्थिक समृद्धी हुने विश्वास व्यक्त गरे ।गण्डकी प्रदेशका सभासद् राजीव पहाडीले घान्द्रुकमा विकासका पूर्वाधारको शुरुआत भइसकेको र अबका केही वर्षभित्रै त्यहाँको सडक कालोपत्र भएपछि आन्तरिक पर्यटक ओइरो लाग्ने अपेक्षा गरे ।

पुरस्कृत व्यक्तित्व पौडले यस पुरस्कारले भावी दिनमा अझ बढी समाचार लेख्न प्ररेणा मिलेको बताए ।सोही समारोहमा पोखरेली मूर्तिकार विष्णुप्रसाद बराललाई पनि सम्मान गरिएको थियो । उनलाई अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरमा स्थापना गर्न लागेको फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक निर्माण गरेबापत सो सम्मान गरिएको हो ।

अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्न आयोजित सो महोत्सव जेठ २० गतेसम्म चल्ने आयोजकसमितिका अध्यक्ष ललित गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्