Logo

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु



Spread the love

student-usa dead

अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर आजको कान्तिपुरमा  छापिएको छ ।

साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिवार नदीमा बेपत्ता भएका थिए ।

आइतबार मात्र उनको शव फेला परेको थियो ।

लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका थापा दुई वर्षअघि स्टुडेन्ट भिसामा अमेरिका गएका थिए ।

प्रतिक्रिया दिनुहोस्