Logo

इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन



Spread the love

१९ जेठ, काठमाडाैँ – इंग्लिस क्लब लिभरपुलले क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा अर्को इन्ग्लिश क्लब टोटेनह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । स्पेनको मड्रिडमा भएको खेलमा जोर्गेन क्लोपको लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे ।

खेलको दोश्रो मिनेटमा मोहमद सलाहाले पेनाल्टीबाट गोल गर्दै अग्रता दिएका लिभरपुलका लागि ८७ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै च्याम्पियन्स लिगको उपाधि सुनिश्चत गरे ।

योसंगै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको टोटेनहम भने उपाधि जित्नबाट बन्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्