Logo

साउनदेखि इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य २० प्रतिशत वढाउने



Spread the love

१९ जेठ, काठमाडौं ।
बजेटलगत्तै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट उठाउने सहमती गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेका छ ।

साउन १ देखि इन्टरनेटको मूल्य २० प्रतिशत वढाउने तयारी भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टले बताए।

अघिल्लो वर्ष सरकारसँग सहमती गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्