Logo

चलचित्र ‘तुईन’ ट्रेलर रिलिज (भिडियो)



Spread the love

नेपाली चलचित्र ‘तुईन’को ट्रेलर रिलीज भएको छ ।त्रिशुली नदी आसपास बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका बासिन्दामाझ दैनिक जिविकोपार्जन कै लागी पनि नदी वारपार गर्न विधमान तुईन प्रयोगको यथार्थ बिषयमा निर्माणभएको चलचित्र ‘तुईन’को ट्रेलर रिलिज भएको छ ।

tuesn

बिभिन्न पिडाभव झल्कने बिषयबस्तु सहित ट्रेलर आएको हो । त्रिशुली नदि आसपास बसोबार गर्नेहरुको सपनाहरुलाई तुईनको डोरीसँग जोडेर तयार पारिएको भनिएको चलचित्रले केहि बर्ष पहिले स्कुल पढ्न जाँदा तुईन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउँदा एक्लै बाँच्न सफल किशोर सुरज थापाको वास्तविक कथा बोल्छ ।

उत्सव थपलियाले निर्देशन गरेको चलचित्रमा सुरज थापा, पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया पनि लिड अभिनयमा छन् ।

tuin

चलचित्र अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् । आङछेन लामाले खिचेको चलचित्रमा संगीत सुरेश अधिकारीको छ । चलचित्रको परिकल्पना अञ्जना वस्नेतको हो । रिलिज मिति तय भईनसकेको चलचित्रलाई जेठको अन्त्यमा रिलिज गर्ने मनस्थिती निर्माण टिमले बनाएको छ ।

हेर्नुहोस ट्रेलर:

https://youtu.be/grwjB4ONLyU

प्रतिक्रिया दिनुहोस्