Logo

मेरी आमा



Spread the love

ramesh-bk-rasailyसंसारमा सबैभन्दा बलवान यही मूर्ख समय हो भन्दा अतिशयोक्ति नहोला। यदि कसैले सोध्यो भने सबैभन्दा कमजोर, त्यो पनि समयको स्थान अरुले निश्चय ओगट्ने छैन। वा यसको सामथ्र्य परास्त गर्न कोही बहादूर जन्मने छैन अघिपछि सब बिर्सेर भन्नुपर्छ— हो, समय नै सर्वश्रेष्ठ रहेछ।

खास आज म यसरी लेख्ने मान्छे होइन, तर कसरी यस्तो भएँ आँफैप्रति अविश्वास जाग्छ कहिलेकाँही। घरिघरि त आफ्नै साँप्राको नरम छाला चोमोटि हेर्छेु— आँफूलाई विपनामै भेट्छु अरुजस्तै। जसबेला केही गुनासो रहन्न कसैसँग। जिन्दगीसँग न जीवनसँग।

आमा आज तिम्रो मुख हेर्ने दिन । हरेक बर्षमा एकचोटि आउने यो दिन मलाई बर्षभरिकै नरमाइलो दिन लाग्छ । आमाहरुको सम्झनामा यो बिशेष दिनलाई जताततै धुमधाम मनाईएको छ तर मलाई यहि दिनले निकै तडपाउँछ । यहि दिन तिम्रो सम्झनाको पहाड अझै चुलिएर आउँछ अनि अनायासै आँखा रसाउँछ ।

मलाई यसअर्थमा यो दिनले निकै दुखि बनाउँछ कि यो बिशेष दिनमा पनि तिमि मेरो समिपमा छैनौ । मेरो मानसपटलमा तिम्रो सम्झनाले ठुलो आँधि सिर्जना गर्छ ।आजको दिन ,हरेक दिन तिमी नहुनुको पिडा खेपिरहेको यो मनको आलो घाउ कोट्टाएर झनै दुख्ने बनाएर जान्छ हरेक बर्षको मातातिर्थ औंसिले  खै किन-किन आजको मितिसम्म पनि मलाइ तिम्रो मृत्यू स्विकार्य छैन आमा ।

तिमिले यो संसार छोडेको दुई दशक बितिसक्यो तरपनि मेरो हरेक श्वासप्रश्वासमा अनि सम्झनाको हरेक तरेलिमा तिमि शतप्रतिशत सरिक छौ आमा । यो बिशेष दिनमा मसंग तिम्रो एककोरा तस्बिर बाहेक कुनै त्यस्तो अरु चिज छैन जसको बाहनामा म यो मातातिर्थ औंसिलाई अझै बिशेष बनाउन सकुं , मसंग त तिम्रो अनगिन्ति सम्झना छ अनि तिम्रो अभाबमा तड्पिरहेको मन छ । त्यसैले त यो दिन झन उराठलाग्दो आमा । तिमिलाई बिभिन्न कोणबाट ब्याखा गर्न मिल्ने त्यहि एककोरा तस्बिर औल्टाईपल्टाई हैर्दै गर्दा अरुदिन निकै उत्साह पैदा हुने मन आजको दिन तिमिसंग निकै रिसाउँछ , अनि निकै प्रश्न गर्छ तिम्रो त्यो निर्जिव तस्बिरसंग । तिमि यो  संसारमा छैनौ यहि एउटा तितो सत्यलाई सहन नसकैर बिशेषगरि हरेक बर्ष आजकै तिथिले मन नराम्रोसँग दुख्नेगरि चिमोट्छ बेस्सरि । आमा,कति पिडादायि भयो होला तिम्रो त्यो अकाल मृत्यू ,निठुरि दैब, तिम्रा सबै सपनाहरु संगसंगै हाम्रो परिवारका सारा खुसिहरु खोसेर लग्यो ।

हुनत यो संसारमा आमा नभएको म मा त्र हैन ,म जस्ता धेरै छन तर पनि यो मन सम्हालिन मान्दैन । आजको दिन सामाजिक संजालमा आमाको नाममा लेखिएका हरेक शब्द र पोस्ट्याईएका प्रत्येक तस्बिरहरुले मनलाई निकै धमिलो बनाउँछ । हो,तिमिले यो संसार छोडेर जाँदा म मृत्यूलाई बुझ्ने थिईन तर आज मृत्युलाई जुनसुकै कोणबाट बुझ्ने उमेरमा पनि मलाई तिम्रो मृत्यू स्विकार्य भएको छैन । मेरो बाल्याबस्थामै भएको तिम्रो असामयिक देहाबसानले मैले तिम्रो माया,ममता र स्नेहको अनुभव गर्ने मौका नै पाईन आमा । आज हरेक आमाहरुको लागि एउटा बिशेष दिन,यहि दिनको बाहनामा मेरो मनको भावलाई यसरि ब्यक्त गरैँ । कहिँकतै तिम्रो आत्मालाई ठेस पुगेको भए माफि चाहान्छु आमा । मलाई लाग्छ, तिमि कतै ब्रम्हाण्ड वरिपरि छौ र मेरा यि मनका भावहरु तिमिसमक्ष प्रत्यक्ष रुपमा तरंगित भइरहेका छन । यदि त्यसो हो भने एकपटक मेरो सपनिमा आएर मेरो भावबिह्वल मनलाई शान्त बनाएर जानु मेरि आमा । मातातिर्थ औँसिको तिमिलाई करौडौँ शुभकामना ।।।।।।।।।

प्रतिक्रिया दिनुहोस्