Logo

बलिउड अभिनेता बिनोद खन्नाको निधन



Spread the love

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिए ।  उनि लामो समयदेखि क्यान्सरबाट पिडित भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

binod-khanna-1

बलिउड लाईफ अनलाइन संस्करणका अनुसार उनलाई पछिल्लो पटक मुम्वइको गिरगाउँस्थित एचएन रिलाइन्स फाउण्डेशन हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो । उनी पञ्जावको गुरुदासपुर क्षेत्रबाट भारतीय जनता पार्टीको लोकसभा सदस्य समेत थिए । केहि दिन अघि खन्नाको अस्पतालमा उपचार हुदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

७० को दशकका चर्चित अभिनेता खन्ना सन् १९६८ मा ‘मन की बात’ नामक फिल्मबाट पहिलो पटक चर्चामा आएका थिए ।  उनले ‘मेरा गाउ मेरा देश’, ‘इम्तिहान’, ‘अमर अकबर एन्थोनी’ लहुके डो रंग, कुर्बानी, दयाबान, जुर्म जस्ता चर्चित बलिवुडका फिल्महरुमा अभिनय गरेका थिए  । पछिल्लो पटक खन्नाले  २०१५ मा शाहरुख खानको फिल्म दिलवालेमा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्