Logo

‘संन्यास लिनुअघि अर्जेन्टिनालाई उपाधि दिलाउन चाहन्छु’ – मेसी



Spread the love

२० जेठ, काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले संन्यास घोषणा गर्नेछु । हाल म प्रशिक्षण र खेल दुवैमा बाल्यकाल जस्तै रमाउन सकिरहेको छु,’ उनले भने ।

‘ म अर्जेन्टिनालाई केहि जिताएर मात्र संन्यास लिन चाहन्छु । हरेक पटक मेरो प्रयास राष्ट्रिय टोलीलाई केहि जिताउने हुनेछ । म अर्जेन्टिनी टोलीको सामान्य सदस्य हुँ । मैले अहिलेको प्रशिक्षकलाई पनि यसबारे प्रष्ट पारेको छु,’ मेसीले थपे ।

पटकपटक फाइनलमा पराजित हुँदै आएको अर्जेन्टिना यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्