Logo

च्याम्पियन्स लिगको उपाधि चुमेको लिभरपुललाई लाखौं समर्थकद्वारा भब्य स्वागत



Spread the love

२० जेठ, काठमाडौं । च्याम्पियन्स लिगको उपाधि हात पारेको लिभरपुल इंग्ल्याण्ड फर्किदा लाखौंको संख्यामा रहेका समर्थकहरुले भब्य स्वागत गरेका छन् ।

सन् २००५ पछि पहिलो पटक उपाधि जितेको लिभरपुलको ट्रफी परेडमा साढे सात लाख समर्थकको उपस्थिती रहेको थियो । लिभरपुलको जर्सी, झण्डा र स्काफ लिएर ट्रफी परेडमा समर्थकहरु उपस्थित थिए ।

मड्रिडमा भएको फाइनलमा लिभरपुलले टोटनह्यामलाई २–० ले पराजित गर्दै छैटौं पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्