Logo

पाकिस्तानको अप्रत्यासित जित   



Spread the love

२१ जेठ, नटिङ्घम। इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ ।

इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३४८ रन बनाएको थियो ।

जितका लागि ३४९ रनको ठूलो लक्ष्य लिएर मैदानमा उत्रेको इङ्ल्यान्डका लागि जो रुट र जस बटलर दुबैले व्यक्तिगत १०७ र १०३ रन बनाए पनि विजय लक्ष्य प्राप्त गर्न सकेनन् ।

इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको थियाे ।

इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो ।–––  रासस

प्रतिक्रिया दिनुहोस्