Logo

सुदूरपश्चिमद्वारा गण्डकी पराजित  



Spread the love

२१ जेठ, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो । ९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमाञ्चलले २९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमाञ्चलको जीतमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउँदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका किशोर महत्तोले तीन विकेट लिँदा विपिन खत्रीले दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि राहुल शर्माले सर्वाधिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकश थापाले १२ रन जोडे ।

गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत पाँच विकेट लिएका थिए । त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लले दुई दुई विकेट झारे भने नरेन्द्र साउँदले १ विकेट लिए । जीतसगँै समूह ‘क’ मा रहेको सुदूरपश्चिमले चार खेलबाट तीन अङ्क जोडेर प्रतियोगिता सम्पन्न ग¥यो भने पराजित गण्डकी प्रदेश जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । समूह ‘क’ बाट प्रदेश ३ र एपिएफ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्