Logo

‘ग्याङ्गस्टर ब्लूज’ टिजर रिलिज (भिडियो)



Spread the love

हेमराज बिसी निर्देशित फिल्म ग्याङ्गस्टर ब्लूजको टिजर रिलिज भएको छ । टिजरमा डेब्यू ब्वाई आशिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन् । फिल्मको नामले जस्तै टिजर पनि ग्यङ्गस्टर लाग्छ ।

gangster-blues

 

‘ग्याङ्गस्टर ब्लूज’ बाट नेपाली रजतपटमा भित्रिएका आशिरमान देशराजको एक्सन अवतार टीजरमा विशेष देख्न सकिन्छ भने नायिका आनासँग उनको रोमान्स पनि हेर्न पाइन्छ । अभिनेत्री रोजिशा भने आना र आशिरमानको प्रेममा भिलेन अवतारमा प्रस्तुत भएको टीजरले छनक दिन्छ ।
सरोज न्यौपानेले निर्माण गरेको यो फिल्मको नेपालगंजबाट सम्पुर्ण छायांकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । ‘ग्याङ्गस्टर ब्लूज’ मा कालिप्रसाद बाँस्कोटाको संगीत छ ।
हेर्नुहोस टिजर: 

https://youtu.be/1_YKV9YAYxk

प्रतिक्रिया दिनुहोस्