Logo

सलमानको प्रतिच्छित फिल्म ‘ट्यूबलाइट’टीजर रिलिज(भिडियो)



Spread the love

ईदमा रिलिजको तयारी भईरहेको वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म  ट्युवलाईटको टिजर रिलिज भएको छ । टिजरमा सलमानलाई फरक फरक गेटअपमा देख्नसकिन्छ । उनि कतै बच्चासँग रमाउँदै त कतै डराईरहेका देखिएका देखीन्छन् ।

salman-khan-7597

कबिर खान निर्देशित यो फिल्म यसकारण पनि खास छ, किनकी फिल्ममा शाहरुख खानले केमियो गरेका छन् । फिल्मलाई भाईजान निर्देशक कबिर खानले नै निर्देशन गरेका छन् । फिल्ममा सलमानसँगै सोहेल खान र एक चिनियाँ अभिनेत्री जूजू लिड अभिनयमा छन् ।’ट्यूबलाइट’ को कहानी भारत-चीन युद्धमा आधारित छ । निर्देशक कबिर खानसँग सलमानको यो तेस्रो फिल्म हो । यसभन्दा अगाडी उनीहरुले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ जस्ता रेकर्ड तोड फिल्म दिइसकेका छन् । ‘ट्यूबलाइट’ २३ जुन, २०१७ मा रिलिज हुँदैछ ।

हेर्नुहोस टिजर: 

https://youtu.be/UKlkIzD-Yj8

प्रतिक्रिया दिनुहोस्