Logo

यात्रु मैत्री वातावरण निर्माणको लागि सल्यानमा यातायात कर्मचारीलाई प्रशिक्षण



Spread the love

दिपसागर भण्डारी
असार २८

सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानको आयोजनामा यात्रु मैत्री वातावरण तय गर्न साथै यात्रु र यातायात व्यवसायी बिचको सम्बन्ध समधुर बनाउनको लागि आज एक दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानको प्रधान कार्यालय श्रीनगरमा सम्पन्न एक दिने प्रशिक्षण कार्यक्रममा सल्यान रुकुम यातायात व्यवसायी समिति प्रधान कार्यालयका करिब २९ जना कर्मचारीहरूको सहभागिता रहेको थियोे ।

सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकी,कोषाध्यक्ष रन्जित कुमार राई र कार्यालय प्रमुख तिर्थराज धितालले कर्मचारी हरुलाई प्रशिक्षण दिनु भएको थियोे ।

आगामी दिनहरूमा सल्यान रुकुम यातायात ब्यवसयी समितिका कर्मचारी र ब्यवसायीहरुलाई पाएक पर्ने ठाउँ  मिलाई प्रशिक्षण दिने अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्