Logo

नेपाली चलचित्र ‘कारखाना’ ट्रेलर रिलिज (भिडियो)



Spread the love

असार १६ बाट दर्शकमाझ आउन लागेको फिल्म कारखानाको ट्रेलर रिलिज भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । फिल्ममा सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी लिड अभिनयमा छन् ।

karkhana
सार्वजनिक ट्रेलरमा सुशिलको दमदार एक्सन भेट्न सकिन्छ । ट्रेलरले प्रेम, र द्वन्द्वको कथा बोल्छ । फिल्मलाई निर्माण टिमले यसअघि नै महिलाप्रधान भनिसकेको छ । अमरद्विप सापकोटाले फिल्म निर्देशन गरेका हुन् । यसअघि बारबार रिलिज तोक्दै ब्याक हटेको फिल्म अब भने तोकिएको मितिमा रिलिज हुने निर्माण टिमले प्रतिवद्धता व्यक्त गरेको छ । फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेती पनि लिड अभिनयमा छन् । सुदिप खड्का र अमर बज्राचार्यले लगानीमा साझेदारी गरेका छन् ।

हेर्नुहोस ट्रेलर:

प्रतिक्रिया दिनुहोस्