Logo

हिट गीत ‘गलबन्दी’ का चर्चित सम्बादहरु (फोटोफिचर)



Spread the love

अहिले प्रकाश सपूतको ‘गलबन्दी’गित चर्चाको शिखरमा छ । रिलिज भएको छोटो समयमै नेपालको ट्रेन्डिङ नम्बर वानमा पुग्न सफल भएको हो। सार्वजनिक गाडीदेखि टिकटक, सामाजिक सञ्जालमा यो गीत र यसका संवाद अनि डाइलग हिट छन्। गाउँघरमा रोधी गाउने परम्परामा आधारित यो लोकभाका गायक प्रकाश सपूतले तयार पारेका हुन्।

गीतले त चर्चा कमायो नै गीतमा प्रयोग भएका सम्बाद समेत सामाजिक संजालमा चर्चामा रहेका छन् । गाउले परिवेशको दैनिक जनजीवनमा बोलिने डाइलगलाई प्रकास सपुतले जस्ताको तस्तै टिपेका छन् ।

गाउँलेको जमघटमा रातको समय रोधी बस्दा बीचबीचमा अनेक डाइलग बाजी चल्छ। जसमा ‘ढिलो आयो कडा आयो’, ‘हल्का ग्यास्ट्रिक’ जस्ता संवाद यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन्।

गायक सपूतको गलबन्दीमा ठेट नेपाली शब्द र सरल लोकभाकाको प्रयोग छ। यो गीतको म्युजिक भिडियोमा गायकले अघिल्लो म्युजिक भिडियो ‘बोलमाया’ को कथा जोडेका छन्। गलबन्दी पनि बोलमायाकै टिम सपूत, गायिका शान्ति श्री परियार र मोडल अञ्जली अधिकारी आबद्ध छन्।

‘गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्दै बुनिएको यो लोकभाका १५ मिनेट लामो छ। म्युजिक भिडियोमा गाउँले परिवेश छ। म्युजिक भिडियोको निर्देशन सपूत आफैंले गरेका हुन्।

हेर्नुहोस् जनमानसको जिब्रोमा गलबन्दी गीतका प्रयोगमा आएका सम्बादहरु:

 

प्रतिक्रिया दिनुहोस्