Logo

पैसा हुनेलाई हातहातै टिकट, इमान्दार कार्यकर्ता ओझेलमा



Spread the love

chunab-ticket-paisa-e1494291504894

रूकुम चौरजहारी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदमा उम्मेदवारी दिन धेरै लागिपरेका थिए । तर, पार्टीले करिब एक महिनाअघि नेपाल बैङ्क लिमिटेडको जागिरबाट रिटायर्ड भएका बलबिर गोसाईँलाई टिकट दियो ।

‘आर्थिक रूपमा सशक्त हुनु र पार्टीका जिल्ला सभापतिसँग राम्रो सम्बन्ध भएकाले उहाँले टिकट पाउनुभयो,’ काँग्रेस निकट एक कार्यकर्ताले भने, ‘पार्टीमा राजनीतिक लगानी गरेको भन्दा पनि चुनावमा आर्थिक लगानी गर्न सक्ने व्यक्तिलाई टपक्क टिट्दा इमान्दार कार्यकर्ता ओझेलमा पर्ने अवस्था आयो।’

जीवनको लामो कालखण्ड ठेक्का पट्टा, व्यापार व्यवसाय र अन्य भन्दामा बिताएर चुनावमा टिकट हात पार्ने उनीजस्ता थुप्रै भाग्यमानी छन् भन्ने  खबर आजको नागरिकमा छापिएको छ ।

ती मध्ये एक हुन्, डोल्पा ठूलोभेरीका गणेशबहादुर शाही । एमालेबाट मेयर उम्मेदवार बनेका शाही डोल्पा मात्र होइन, मध्यपश्चिमकै चर्चित निर्माण व्यवसायी हुन् ।

पार्टीमा निरन्तर सक्रिय भएका थुप्रै आकांक्षीको अगाडि आर्थिक हैसियत तगारो बनिदियो ।

प्रतिक्रिया दिनुहोस्