Logo

हट एण्ड बोल्ड नायिका दीपिका प्रसाँइ (फोटो फिचर)



Spread the love

चलचित्र ‘ऐश्वर्य’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् दीपिका प्रसाँइ । उनले दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन् । उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट भएको छ ।

उनको अभिनय र सुन्दरताले युवाहरू लठ्ठ गराएकी छिन् । उनले छक्का पञ्जा टिम दीपक राज गिरी र दीपाश्री निरौलासँग चलचित्र ‘छक्का पञ्जा ३’मा अभिनय गरेकी थिइन् । चलचित्रले पहिलो दिनदेखि बम्पर कलेक्सन गरेको थियो भने चलचित्र १०० दिन भन्दा बढी हलमा प्रदर्शन भएको थियो । यो चलचित्र २०७५ को उत्कृष्ट चलचित्र भएको थियो । दीपिका चलचित्र ‘छक्का पञ्जा ३’ पछि कुनै चलचित्रमा देखिएकी छैनन् ।

उनि केही महिना पहिला निर्देशक दिवाकर भट्टराई सँग बैबाहिक जीवन बाँधिएकी थिइन् । उनी विविध बिषयले चर्चामा रहेकी हुन्छिन् । कहिले उनको सुन्दरता, कहिले ड्रेस अप त कहिले बिहेको बिषयले उनी नेपाली मिडिया र सामाजिक सञ्जाल भाइरल भइरहेकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्