Logo

एउटै घरभित्र खिचिएको ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (भिडियो)



Spread the love

एउटै घरभित्र खिचिएको थ्रीलर सस्पेन्स चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक भएको छ । नव–निर्देशक दीपेश सापकोटाको निर्देशनमा बनेको यो चलचित्र असार २ गतेबाट रिलिज हुँदैछ ।

mandira-poster

सस्पेन्स र थ्रीलर यो चलचित्रको सम्पूर्ण छायांकन एउटै घर भित्र खिचिएको हो । ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुलाई निकै सस्पेन्समा राखिएर प्रस्तुत गरिएको छ ।

चलचित्रको ट्रेलरमा रोमान्स, धोका, बदलाको कथा देखाइएको छ ।चलचित्रमा नरेन खड्का, जे.वी.डी.सी, लक्ष्मी बस्नेत, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदीको साथमा नव कलाकार बीनी पोख्रेली, विनिता ओलीको मुख्य भूमिका छ ।चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद छ । चलचित्रका निर्माता करुणा अर्याल र उज्ज्वल अर्याल हुन् ।

हेर्नुहोस ट्रेलर:

https://youtu.be/Bvr7kuDb3xk

प्रतिक्रिया दिनुहोस्