Logo

मन लोभ्याउने गोरखाको सुन्दरता (फोटो फिचर)



Spread the love

तिहासिक, धार्मिक, सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण जिल्ला गोरखा पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए ।

गोरखाकै नामबाट विश्वभरी नेपालीलाई गोर्खाली बहादुर भनेर चिन्ने जमात पनि ठुलै रहेको छ । बहादुरकै अर्को पर्यावाची गोर्खाली बन्न पुगेको छ । ऎतिहासिक रूपले गोरखाको छुट्टै पहिचान छ । पर्यटकीय रूपले पनि गोरखा उत्तिकै सुन्दर रहेको छ । नेपालको हालको संरचना अनुसार गोरखा जिल्ला गण्डकी प्रदेशमा रहेका ११ जिल्ला मध्य एक रहेको छ । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ । गोरखा जिल्लामा ११ स्थानीय तह अन्तर्गत २ नगरपालिका र ९ गाउँपालिका रहेका छन् भने २ निर्वाचन क्षेत्र रहेका छन् ।

भौगोलिक रुपमा मध्यपहाडी देखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो । यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ। समुद्र सतहभन्दा २२८ मिटरदेखि ८१६३ मिटरसम्मको उचाइमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्।

तथ्यांक श्रोत : विकिपीडिया

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्