Logo

चर्चित क्यानेडियन पप गायक जस्टिन विवर भारतमा



Spread the love

चर्चित क्यानेडियन पप गायक जस्टिन विवर भारत आइपुगेका छन् । उनी, मंगलबार राती भारत आइपुगेका हुन् । उनलाई मुम्बइको अन्तरराष्ट्रिय विमानस्थलमा फ्यानले करिब १० घन्टा कुरेका थिए । जस्टिन विमानस्थलबाट बाहिर आउँदै गर्दा फ्यानले हुटिङ गरेर स्वागत गरेका थिए ।

justin
जस्टिनले आज मुंबईको के डी .वाई . पाटिल स्टेडियममा परफॉर्म गर्दैछन् ।भारतीय मिडियाका अनुसार जस्टिन बीबरको आजको शेड्यूल बुधवार बिहान ११ बजे देखी राती १० बजे सम्म कार्यक्रम हुनेछ। जस्मा जस्टिनको  शो ८ बजे लाइव हुनेछ।

justin-bieber_640x480_71494383522

जस्टिनका लागि कडा सुरक्षाको व्यवस्था गरिएको छ । उनलाई विमानस्थलमा कडा सुरक्षा दिएर होटलसम्म पुर्‍याइएको थियो । जस्टिनको सुरक्षाका लागि नायक सलमान खानका प्रमुख बडिगार्ड शेरा पनि खटिएका थिए ।भारतीय मिडियाका अनुसार जस्टिनको कन्सर्टपछि उनलाई भारतका चर्चित सुपरस्टारहरु साहरुख खान, सलमान खानले पार्टीको आयोजना गर्नेछ ।

10justin-beiber4

क्यानेडियन स्टारको विश्वभर करोडौ फ्यान छन् । जस्टिनलाई ५ सय बढि प्रहरीले सुरक्षा दिने भएका छन् । ४५ हजार दर्शक सामेल हुने कन्सर्टमा सुरक्षा व्यवस्था कडा हुने नै छ, योसँगै उनको व्याक्तिगत सुरक्षामा मात्र यति प्रहरी परिचालन हुन लागेको कुनै पनि विदेशी कलाकारको लागी अहिलेसम्मकै धेरै भनिएको छ ।यस शो पछी  जस्टिन आफ्नो  टीमको साथ ११ तथा १२ मे को दिल्ली र आगरा जादैछन्।

प्रतिक्रिया दिनुहोस्