Logo

चुनावकै मुखमा नयाँ शक्ति नेपालका नेताहरुद्वारा सामूहिक पार्टी परित्याग



Spread the love

naya-sakti

नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरूले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् ।

उनीहरूले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भई स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ ।

पार्टी छोडेकामध्ये एक खुदबहादुर खत्री भने माओवादी केन्द्रमा प्रवेश गरेका खबर आजको कान्तिपुरमा छापिएको छ ।

जिल्लास्तरका प्रमुख नेताहरूले नै सामूहिक पार्टी परित्याग गरेपछि नयाँ शक्ति अहिले नेताविहीनजस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्