Logo

माओवादी केन्द्रको अन्तिम विशाल चुनावी आमसभा सम्पन्न



Spread the love
l-5
 सल्यानको ऐतिहासिक नगर, बागचौर नगरपालिकामा माओवादी केन्द्रको आयोजनामा चुनावी सभा सम्पन्न भएको छ। वैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको चुनावको अन्तिम चुनावी प्रचार प्रसारका रूपमा हेरिएको सभामा हजारौँको उपस्थिति रहेको थियो। पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता, ६ नम्बर प्रदेशका इन्चार्ज शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको सभामा पार्टीका मुख्य सचेतक टेक बहादुर बस्नेत, पूर्व मन्त्री सत्या पहाडी लगायत पार्टी महादिवेशन आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। साथै जनवर्गीय सङ्गठनका महादिवेशन आयोजक समितिका सदस्यहरू, राष्ट्रिय लोक गायक शक्ति चन्दलगायत स्थानीय कलाकार बेजोड सांस्कृतिक प्रस्तुति, खेलाडीहरुको कलात्मक प्रस्तुतिले सभामा उपस्थितहरुको ध्यान तान्न सफल भएका थिए। करिब साढे १७ हजार बढी मतदाता रहेको नगरमा १२ वटा वडा रहेका छन् र ती सबै वडाहरु लगायत नगर प्रमुख र उप प्रमुख गरी माओवादी केन्द्रका ६१ जना उमेदवारहरुको विजय सुनिश्चित रहेको सभामा बोल्ने वक्ताहरुले बताए। १० वर्षे जनयुद्धको उदगम थलो मध्येको एक सल्यान रहेको, गणतन्त्र स्थापनामा यहाँका जनताको बलिदानी, त्याग र तपस्या रहेको, देशको मूल कानुन संविधान माओवादीकै एजेन्डा भएको र देश माओवादीकै एजेन्डामा चलिरहेकाले माओवादीको जीत सुनिश्चित रहेको पूर्व मन्त्रीले बताए। देशको व्यवस्था फेरिएको र अब जनताको अवस्था फेर्नलाई माओवादी केन्द्रलाई मतदान गर्न नगर प्रमुखका उमेदवार लोकमान बुढाथोकीले यसअघि नै बताइसकेका छन्। साथै आफुहरुसङ्ग नमुना नगर बनाउनलाई धेरै योजनाहरू रहेको र आफ्नो जीतपछी ती योजनाहरू लागु गरेर नगरलाई देशकै नमुना नगर बनाउने समेत बताइसकेका छन्। नगर प्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा केही नलिने घोषणा यसअघि नै गरिसकेका बुढाथोकीले नगर विकासमा सक्दो प्रयास गर्ने र त्यसका लागि आफुहरुले प्रतिबद्धता पत्र समेत तयार गरिसकेको बताए। बिहान बाइक र्याली हुँदै सुरु भएको प्रचार प्रसार र सभामा करिब १०  हजार बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ। आज रातीबाट ४८ घन्टे मौन अवधि सुरु हुने भएकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कुनै पार्टी, कुनै उमेदवारको प्रचार प्रसार सामाजिक सञ्जालका साथै सञ्चार माध्यमा गर्न नपाइने निर्वाचन कार्यलयले यसअघि नै सूचना निकालिसकेको छ।
l-9 l-10 l-11 l7 l8 lokmam-3 lokman-2 lokman-uncle-3

प्रतिक्रिया दिनुहोस्