Logo

‘कृष ४’ मा ऋतिकको यस्तो अवतार



Spread the love

ऋतिक रोशनका फ्यानहरुलाई खुशीको खबर आएको छ, ऋतिक चाँडै नै ‘कृष’ को सिरिजको ‘कृष ४’ बाट ठूलो पर्दामा देखिँदैछन् ।बाहुबली र हलिउडमा सुपरहिरोको फिल्मले व्यापारिक सफलता पाउन थालेपछि ऋतिकका पिता राकेशले फिल्म ‘कृष’को सिरिजलाई निरन्तरता दिन लागेका हुन् । हाल राकेश फिल्मको स्क्रिप्टको काम गरिरहेकाले स्क्रिप्ट सकिएपछि फिल्मको घोषणा गर्ने तयारीमा छन् ।

150090-hrithik-krrish-4

जानकारीका अनुसार, यो फिल्ममा ऋतिक ‘वन्डर वुमेन’ जस्तो भूमिकामा निर्वाहा गर्न चाहन्छन् । ‘वन्डर वुमेन’ को ट्रेलर ऋतिकलाई निकै मन परेको थियो र उनले आफ्नो पिता राकेश रोशनसँग पनि यस्तै तरिकाको भूमिकाको डिमान्ड गरेका छन् । फिल्म ‘कृष ४’मा ऋतिकको हिरोइन को हुन्छिन् भन्ने अहिलेसम्म यकिन भएको छैन । तर ‘कृष २’ र ‘कृष ३’मा ऋतिकसँग काम गरेकी अभिनेत्री प्रियंका चोपडा नै फिल्ममा हुने सम्भावना बढेको सञ्चारमायमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्