Logo

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो भए नेपालका प्रितम, आयुष चौथो



Spread the love

चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पमा’ फाइनलमा पुगेका दुई नेपाली बाल गायक तेस्रो र चौथो भएका छन् । जर्ज, दर्शक र भारतीय चर्चित गायक गायिकाहरूको मन जित्दै उनीहरू टप ६ मा पुगेका थिए ।आइतबार साँझ ८ बजे बाट जी टिभीमा सुरू भएको सारेगमप लिटिल च्याम्पको फाइनलमा प्रतिस्पर्धा गरेका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका हुन्। फाइनलमा प्रितमले दिएको प्रस्तुतिले दर्शकलाई झुमाउन सफल बनेका थिए भने जज हरू मन्त्र मुग्ध बने, अतिथि गेस्ट शाहिद कपुरले तारिफको पुल बाधेका थिए ।

ईटहरीका प्रितमले आफनो प्रस्तुतीबाट भारतीय जज तथा जुरीहरुको निकै साथ र प्रशंसा पाएका थिए । उनको गायन शैलीको प्रशंसा र चर्चा बलिउडका चर्चित कलाकारहरुले समेत सामाजिक सञ्जालमा गरेका थिए । प्रितम र भक्तपुरका आयुष दुबैले दर्शकहरुको राम्रो साथ र प्रतिक्रिया पाए पनि प्रितमलाई भने शो बढि फोकस गरेका थिए ।

प्रितम र आयुषमध्ये एकले उपाधी जित्ने वा दोस्रो सम्म हुने अनुमान गरिएको थियो तथापी प्रितमले तेस्रो र आयुषले चौथोमा चित्त बुझाएका छन् । जे जस्तो भए पनि भारतीय सिंगिङ रियालिटी शोमा प्रितम र आयुषले जतिको चर्चा र लोकप्रियता अन्य नेपालीहरुले पाएका थिएनन् । आयुष नेपालको सिंगिङ रियालिटी शो सुरशाला जुनियर आइडलको उपाधी जितेका थिए भने प्रितम फस्ट रनरअप भएका थिए ।

प्रतिक्रिया दिनुहोस्