Logo

अलग्गिए मलाइका–अरबाज



Spread the love

बलिउड जोडी अरबाज़ ख़ान र मलाइका अरोरा खान बिहीबारबाट कानूनी रुपमा अलग्गिएका छन् । मुम्बईको बान्द्रा फैमिली कोर्टले बिहीबार दुवैलाई सम्बन्धविच्छेदको मञ्जुरी दिएपछि अलग्गिएका हुन् । अरबाज र मलाइकाको विवाह सन् १९९८ मा भएको थियो र आपसी सहमति पछि गत वर्ष नोभेम्बरमा सम्बन्धविच्छेदका लागि दुवैले अदालतमा निवेदन दिएका थिए ।

arbaaz-khan-malaika-arora-split-controversies
भारतीय सञ्चारमाध्यमका अनुसार दुवैका छोरा अरहान आमा मलाइकासँग बस्नेछन् । अदालतले अरबाजलाई आफ्नो छोरालाई जुनसुकै बेला पनि भेट्न जान पाउने अनुमति दिएको छ ।

untitled-3-5

उनको वकिल क्रान्ति साठे र अमृता साठेले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । बुधबार अरबाज र मलाइकाले क्यानेडियन पपस्टार जस्टिन बीबरको कन्सर्टमा सहभागिता जनाउन डी वाई पाटिल स्टेडियम पुगेका थिए । यो जोडीको सम्बन्धविच्छेद हुनका लागि निकै समय लाग्यो । मलाइकाले पति अरबाजसँग सम्बन्धविच्छेदका लागि १० करोड रकम माग गरेको समाचार पनि सार्वजनक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्