Logo

बागचौर नगरपालिकामा प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन



Spread the love

२७ जेठ, गुल्मी – बागचौर नगरपालिकाको आयोजनामा भएको प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

श्री बालकन्या माध्यमिक बिद्यालय कोटबाराको टाट्केको प्राङ्गणमा भएको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको बताए । खेल क्षेत्र राष्ट्रको सम्पत्ति र खेलाडीहरु देशको गहना भएकोले यसलाई अझै बृहत् रुपले लैजाने बुढाथोकीले बताए । खेलकुदको तिव्र विकासका लागि नगरपालिकाले यसै वर्ष चार चरणका खेलकुदहरुको आयोजना गरेको बताए । वडा स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगितादेखी मेयरकप खेलकुद प्रतियोगिता हुँदै बागचौर नगर स्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता समेतको आयोजना गरिएको उनले बताए । नगर प्रमुख बुढाथोकीले समृद्ध नगर निर्माण गर्नको लागि गाउँ,टोल हुँदै नगर स्तरीय योजना छनौटको महत्त्वपूर्ण भुमिका हुने भएकाले त्यस तर्फ ध्यान दिन सबैलाई अनुरोध समेत गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै बुढाथोकीले बागचौर नगरपालिकाका खेलाडीहरुले नगर जिल्ला,प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म नाम कमाउन सफल भएकाले अझै यो क्षेत्रलाई व्यवस्थित बनाउन आँफुहरु लागि पर्ने र परिरहेको समेत  बताए ।

कार्यक्रमका विशिस्ट अतिथि बागचौर नगरपालिका उपप्रमुख कल्पना पुनले नगरको विकाससँग आफुहरुले खेल क्षेत्रलाई पनि जोडेको बताइन् । उनले स्थानीय सरकार आइसकेपछी खेल क्षेत्रलाई व्यवस्थित बनाउन सबै सरोकारवालाहरू लागि परेको बताइन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले बागचौर नगरपालिकाको खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु पर्छ भन्दै आँफुहरुले त्यस्ता किसिमका कार्यक्रमहरुलाई निरन्तर अगाडि सार्ने बताए ।

सोहि कार्यक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य कृतिबहादुर पुन (प्रकाण्ड)ले खेलकुदले,बौद्धिक विकाससँगै शारीरिक विकास र स्वस्थ रहन टेवा पुर्‍याउने बताए । पुनले संघीय लोकतान्त्रिक गणतन्त्रले खेलकुद विकास क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

बागचौर नगरपालिकाका शिक्षा,युवा खेलकुद शाखाका प्रमुख टेक बहादुर डिसिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सल्यान क्षेत्र नं.१ का सभापति गोरख केसि,बागचौर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष शेरबहादुर घर्तीलगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

बालकन्या माध्यमिक बिधालय कोटवारा टाट्केको प्राङ्गण मा ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगर भित्रका १० वटा विद्यालयका खेलाडीहरुको उपस्थिति रहेको छ भने महिला पुरुष भलिबल, कबड्डी तथा अन्य एथ्लेटिक्स अन्तर्गतका विभिन्न खेलहरु सहित डेढ दर्जन खेलकुद कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रमको अध्यक्षता खेलकुद आयोजक टिमका अध्यक्ष शोभाराम भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन बागचौर नगर शिक्षा शाखाका कर्मचारी विरेन्द्र प्रकाश डिसिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्