Logo

घुससहित अदालतका महिला कर्मचारी पक्राउ



Spread the love

२७ जेठ, रुपन्देही । रुपन्देही जिल्ला अदालतको कर्मचारी घुससहित पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा अदालतको बाल मनोविज्ञ शान्ति अधिकारी रहेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै दश हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

यस सघटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्