Logo

घाइते महिलाको हवाइ जहाजबाट उद्धार



Spread the love

२७ जेठ, मार्तडी। बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ ।

उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहलमा उद्धार गरिएको हो ।

माइती घर भेटघाटमा गएकी रोकाया गाउँ नजीकै नुहाउन गएका बेला भिरबाट ढुङ्गा लागेर घाइते भएपछि थप उपचारका लागि समिट एयरमा नेपालगञ्जको कोहरपुर मेडिकलमा लगिएको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

सुदूरपश्चिम आन्तरिक मामिला तथा कानून मन्त्रालयको र बूढीनन्दा नगररपालिकाको ५०÷५० प्रतिशतको आर्थिक सहयोगमा घाइते महिला रोकायाको थप उपचारका लागि पहल गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका स्वकीय सचिव जङ्गबहादुर विकले बताउनु भयो ।

उहाँले मन्त्री शाहको पहलमा घाइते भएकी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको बताउनुभयो । हालसम्म जिल्लामा चार जनाको हवाई उद्धार कार्यक्रमबाट उद्धार गरिसकेको बताइएको छ ।

–––रासस

प्रतिक्रिया दिनुहोस्