Logo

जान्नुहोस् बिहानै पानी पिउनुका फाइदा



Spread the love

प्राय जसो मानिसहरू बिहान सबेरै उठेर चिया पिएर आफ्नो दिनको सुरुवात गर्ने गर्दछन् l तर बिहानै उठेर चिया पिउनु भन्दा उत्तम पानी पिउनु रहन्छ l जसले मुड फ्रेश बनाउनका साथै स्वास्थ्यमा पनि फाइदाजनक साबित हुन्छ l

   जान्नुहोस् बिहानै उठेर पानी पिउनका फाइदा :

  • बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगको समस्याबाट पनि छुटकारा पाउन सकिनेछ l
  • यदि बिहानै उठेर पानी पिउनु हुन्छ भने शरिरभित्र रहेका हानीकारक तत्व सफा हुनका साथै रगत सफा गरी छालासमेत चम्काउने गर्दछ ।
  • सबेरै उठी पानी पिउने बानी बसाले पेट सफा भई कम्जियत जस्ता समस्याबाट पनि मुक्ति हुन् सकिनेछ l
  • बिहानै पानी पिउने गरेमा शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ जसले गर्दा शरीरका मांसपेशीलाई पनि बलियो बनाउँदछ ।
  • यदि तपाईँ आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान सबेरै उठी पानी पिउने बानी बसाली हाल्नुहोस् l

प्रतिक्रिया दिनुहोस्