Logo

तेस्रोलिंगीमा निर्वाचनको उत्साह मरेको



Spread the love

bds

झन्डै दुई दसकपछि हुन लागेको स्थानीय निकाय निर्वाचनले धेरैलाई जागरुक बनाइरहेका बेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा भने उत्साह मरेको छ।

नयाँ शक्तिबाहेक कुनै पनि राजनीतिक दलले चुनावी घोषणपत्रमा उनीहरूका मुद्दा नउठाएको र मतदानमा सहभागिताका लागि उपयुक्त वातावरण नपाएको भन्दै उक्त समुदायले चिन्ता प्रकट गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

लामो समयसम्म निर्वाचन अनिश्चित बन्नु र पर्याप्त तयारीबिनै निर्वाचन प्रक्रिया अघि बढाइएकाले आफूहरूना हकअधिकार उपयोग गर्न नसकिनेमा उनीहरू चिन्तित बनेका हुन्। २० वर्षपछि स्थानीय निकायको निर्वाचन हुन लागे पनि प्रचारप्रसार र जनचेतनाको अभावमा आफ्नो समुदायका धेरै सदस्य मताधिकारबाट वञ्चित हुनुपरेको र त्यसले सकारात्मक सन्देश नदिने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संस्था ‘ब्लु डाइमन्ड सोसाइटी’की अध्यक्ष एवं तेस्रोलिंगी पिंकी गुरुङले बताउनुभयो।

‘निर्वाचनमा भाग लिएका उम्मेदवार हाम्रो मुद्दामा कति संवेदनशील छन् र निर्वाचनमा खटिएका पर्यवेक्षक कति सचेत भन्ने थाहा पनि पाउन सकिएन’, उहाँले भन्नुभयो, ‘निर्वाचन जित्नेहरू गम्भीर होलान् भन्ने आशा न्यून छ। त्यसैले हामी जति उत्साहित हुनुपर्ने थियो, त्यति हुन सकेनौं।’

पहिचानअनुसार वा इच्छाइएको नामबाट मतदान गर्ने र उम्मेदवारी दिने अधिकार उपयोग गर्न नपाएको सोसाइटीका सदस्य समलिंगी दीपेश भण्डारीले गुनासो गर्नुभयो। त्यसले गर्दा निर्वाचनका लागि उम्मेदवारी दिँदा अनेकौं समस्या झेल्नुपरेको र त्यो सबैले गर्न नसक्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्