Logo

नेपाल आइडलका अमित बरालको ‘पिरतीको जाल’मा पल र बर्षाको ठुम्का (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाल आइडल सिजन २ का अमित बराल र चर्चित गायिका सिन्धु मल्लको स्वरमा रहेको म्युजिक भिडियो ‘पिरतीको जाल’ बोलको गीत सार्वजनिक भएको छ ।

 

गीतको मुख्य भूमिकामा पल शाह र बर्षा सिबाकोटीको फिचर्ड गरेका छन् । गीतमा शब्द र संगीत सुदम थापाको रहेको छ भने संगीत संयोजन केशब प्रकाशले गरेका छन् ।

रामेश्वोर कार्कीद्वारा छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतलाई केशब बडूले एरेन्ज गरेका छन् भने यस गीतलाई शिब बिकेले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्