Logo

सिभिल बैंकको ७७ औ शाखा सिरहाको गोलबजारमा पनि खुल्यो



Spread the love

सुभेन्द्र दास लहान , सिरहा ।

सिभिल बैंक लिमिटेडले सिरहाको गोलबजारमा सोमवार देखि सञ्चालनमा ल्याएको गोलबजार शाखाको गोलबजार नगर प्रमुख देवनाथ साहले उद्घाटन गर्नुभयो ।

शाखाको उद्घाटन गर्दै नगर प्रमुख साहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफनो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गर्नुभयो। शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफनो उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे । बैंक तथा वित्तिय संस्थाहरुले किसानलाई लागानी गर्न आनाकानी गर्ने गरेको भन्दै उनले किसानलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउन आग्रह गरे । उनले किसानहरुको सहि पहिचान गरी बैंकले उनीहरुको आयस्तरमा बृद्धि गर्न आवश्यक ऋण उपलब्ध गराउनु पर्छ त्यसको लागी आफनो ठाउबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

देशभरमा यस बैंकका ७७ शाखा कार्यालय, रहेको र प्रदेश नम्बर २ मा १५ वटा शाखा खोलने उदेश्य यस बैंकको रहेका प्रदेशिक कार्यालको प्रमुख दिपक श्रेष्ठले बताए । ५१ एटिएम संचालमा रहेको र १०४ शाखा यस वर्ष पुरयाउने बैंकले जनाएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको गोलबजार शाखाका प्रमुख प्रियंका साहकोे दावी छ ।

प्रतिक्रिया दिनुहोस्