Logo

जनयुद्धका घाइतेको समस्या सम्बोधन हुन्छ: मुख्यमन्त्री शाही



Spread the love

२८ जेठ, काठमाडाैँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको समस्या सरकारले सम्बोधन गर्ने बताएका छन् ।

जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्गता कर्णाली प्रदेश समितिको आज आफ्नै कार्यकक्षमा ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले घाइतेको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध भएर लाग्ने बताए । उनले गम्भीर प्रकृतिका घाइतेलाई पुनःस्थापना केन्द्र बनाएर व्यवस्थापन गरिने बताए ।

घाइतेलाई उनीहरुको सीप, क्षमता र इच्छा अनुसारको रोजगारीको प्रबन्ध गरिनुका साथै सरकारी जागिरमा अपाङ्गता भएकाको आरक्षण सुरक्षित गरेर आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइने उनको भनाइ थियो । “विश्वास गर्नुस्, तपाईहरुको माग सम्बोधन हुन्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्