Logo

रौतहटमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु



Spread the love

२८ जेठ, रौतहट l रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस यात्रु भारत ओडिसाका निवासी ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशाल रहेका छन् l

काठमाण्डौबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि गएको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जङ्गलमा रोकीरहेको अवस्थामा को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो l

उक्त घटनामा २१ जना घाइते भएका थिए l घाइते हुने मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भइरहेको र अन्य यात्रु भने घर फर्कीसकेको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिइएको छ l

प्रतिक्रिया दिनुहोस्