Logo

हत्याको अभियोगमा १ जना पक्राउ



Spread the love

२८ जेठ, पर्सा । प्रहरीले १ जनालाई हत्याको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको बहादुरमाई नगरपालिका–८ रामनगरीका २७ वर्षीय प्रजा सहनी रहेका छन् । गत चैत १८ गते सोहि स्थान बस्ने ५६ वर्षीय किशोरी सहनीलाई प्रजा सहनी र ४० वर्षीय विनोद साह मिलेर हत्या गरेका थिए ।

उनीहरुले हत्या गरेर सहनीको लासलाई रामनगरी गाउँको पश्चिम–दक्षिणतर्फ रहेको हरेन्द्र गिरीको गहुँ खेतमा फालेका थिए ।

पर्सा प्रहरीले सामेबार राति वीरगञ्जको छम्पकैयास्थित नेपाल–भारत सीमाबाट उक्त घटना मध्येका एक आरोपी प्रजा सहनीलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्